शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, १२ टाँका लगाइयाे
३ असार, काठमाडौं । पाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाएको जनाएको छ। कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयाे, ‘ सभापति देउवा अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ। उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ। गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ। गर्धनमा सामान्य चोट छ। टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ।’
देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा रहेकाे उहाँले बताउनुभयाे । ‘उहाँ सामान्य बोलचाल, हिँडडुल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पार्टी र अन्य साथीहरूसँग पनि बोलचाल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । चाँडोभन्दा चाँडो स्वास्थ्यमा सुधार भइरहेको अवस्थामा छ,’ उहाँले भन्नुभयाे ।
प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १५:५५








