संविधानलाई कमजोर बनाउन दिने छैनौँः ईश्वर पोखरेल
३ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई कमजोर बनाउन नदिइने बताउनुभएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान मान्दैनौँ भन्दै विभिन्न गतिविधि हुनसक्ने भन्दै एमाले त्यसको रक्षाका लागि उभिने बताउनुभयो । “हामी जनताको बलिदानीबाट प्राप्त गरेको संविधानलाई कमजोर हुन दिने छैनौँ । यसलाई मास्न दिने छैनौँ । यो हाम्रो अठोट र सङ्कल्प हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।
उहाँले निर्वाचित घोषणा भइसकेकाले आफ्ना केही असहमतिका बीच पनि पार्टी निर्वाचनको पक्षमा रहेको बताउनुभयो । “हाम्रा आफ्नै कारणले पनि चुनौती देखिएका थिए । अरुले गर्दा पनि चुनौती देखिएका थिए । अब सबै चुनौतीको सामना गरेर अगाडि बढ्छौँ”, पोखरेलले भन्नुभयो ।
प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १४:३५












