११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

पूँजीबजारको समस्या समाधानका लागि ४ सदस्यीय कार्यदल गठन

३ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधार गर्न चार सदस्यीय कार्यदल गठन गर्नुभएको छ । शुक्रबार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन गर्नुभएको हो ।

धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक संयोजक रहेको कार्यदलमा नेपाल राष्ट्र बैंकका बोर्ड सचिव समेत रहेका निर्देशक शरण अधिकारी, नेप्सेका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । कार्यदलको सदस्यसचिवमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला रहनुभएको छ ।

यो कार्यदलले आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पाँच दिनभित्र मन्त्री खनालसमक्ष पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १३:५६