२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

१ लाख घुससहित लेखा अधिकृत पक्राउ

३ असाेज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले एक लाख रुपैयाँ घुससहित लेखा अधिकृतलाई पक्राउ गरेको छ।दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत(सातौ तह) टंक बहादुर कार्कीलाई बिहीबार अख्तियारको टोलीले पक्राउ गरेको हो।

कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मंगलगडी चोकबाट पक्राउ गरेको हो । सडक स्तरोन्नतीको बिल भुक्तानीका लागि उनले ठेकदारसँग एक लाख रुपैयाँ घुस लिएकाे आरोप छ ।

प्रकाशित मिति : 11:37