आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
३ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार ११:०१












