२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

सुयोग्यको अध्यक्षमा लिम्बु, स्वनियमनमा जोड दिने प्रतिवद्धता

३ असोज, काठमाडौँ । सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शुक्रबार बसेको १८औँ वार्षिक साधारणसभाले अध्यक्षमा टेक लिम्बुलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

साधारणसभाले उपाध्यक्षमा पम्फा न्यौपाने र सदस्यमा तमलाल भुसाल, श्रीचन्द्र तण्डुकार, देउप्रसाद लिम्बु, खुसमाया श्रेष्ठ र भागीमाया थामसुहाङलाई निर्वाचित गरेको छ । संस्थाले तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि चयन गरेको छ, जसमा ओमकृष्ण श्रेष्ठ, रोशन खड्का र सोनी अधिकारी सदस्य चयन भएका छन् ।

साधारणसभाले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ । कोटेश्वरस्थित मुख्य कार्यालय भएको संस्थामा हाल १,५७० सदस्य रहेका छन् । सुयोग्यले यस वर्ष १० प्रतिशतले सदस्य संख्या वृद्धि गरी १,७२७ पुर्‍याउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१र८२ मा संस्थाले ५३ लाख ८७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । सहकारीले सहकारीका मूल्य र सिद्धान्तको पालना गर्दै, ऐन–नियम तथा नियामक निकायबाट जारी निर्देशनको पूर्ण पालनासहित स्वनियमनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १३:४२