महेश बस्नेतको छिमेकी हुने गरी व्यारेकबाट बसाइ सरे ओली
२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सैनिक ब्यारेकबाट भक्तपुर फर्किनुभएको छ । एमाले स्रोतका अनुसार पोलिटब्यूरो सदस्य महेश बस्नेतको छिमेकी हुनेगरी ओली भक्तपुर फर्किनुभएको छ ।

भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटारबाट हेलिकप्टर चढेर भागेका ओली शिवपुरीमा रहेको नेपाली सेनाको तालिम केन्द्रमा बस्दै आउनुभएको थियो । जेनजी प्रदर्शन दमन गर्दा भएको विद्रोहले ओलीको सत्ता ढलेको थियो ।
प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १८:०४












