बुङ्गल हाइड्रोको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
२ असाेज, काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।
कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।
अहिले यस्तै चासोको बिषयमा रहको छ बुङ्गल हाइड्रो लिमिटेड । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ ।
कम्पनीले पहिलो कारोबारका लागि प्रति सेयर न्यूनतम १००.८८ देखि अधिकतम ३०२.६४ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । बुङ्गल हाइड्रो लिमिटेडको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १००.८८ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १७:३०












