२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

२५ लाख कित्ता आईपीओ निष्काशन गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल

२ असोज, काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १६:३३