२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

सेयरबजार सञ्चालन गर्नुअघि लगानीकर्ताले राखे ४ बुँदे माग, सम्बोधन नभए बजार अस्वीकार गर्ने

२ असाेज, काठमाडाैं । सेयर लगानीकर्ताहरुले सेयरबजार सञ्चालन गर्नुअघि विभिन्न मागहरु राखेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र नेपाल राष्ट्र बैंकलाई एकमुष्ट पत्रमार्फत बजार सञ्चालन अघि सुधार गर्नुपर्ने मागसहित निवेदन दिएका छन्।

नेपालको सेयर बजार लामो समयदेखि लगानीकर्ताको विश्वास गुमाउँदै आएको र तरलता अभाव, अव्यवहारिक नियम, अनावश्यक प्रतिबन्ध जस्ता कारणले थप समस्या सिर्जना भएको जानकारी गराउँदै लगानीकर्ताहरुले हाल कायम राजनीतिक सङ्कट र आर्थिक असन्तुलनलाई ध्यानमा राखी बजार सञ्चालन अघि अनिवार्य रुपमा ४ बुँदे मागहरु पूरा गर्न आग्रह गरेको छ ।

लगानीकर्ताले राखेका मागहरू तत्काल कार्यान्वयन नगरी बजार सञ्चालन गरिएमा यसलाई अस्वीकार गर्ने लगानीकर्ताहरुले जनाएका छन् ।

सेयर लगानीकर्ताहरुले माग गरेका ४ बुँदे मागः

१. १५ मिनेटको नियम खारेज अन्तिम कारोबार मूल्य समायोजन प्रक्रिया तुरुन्तै खारेज गरिनुपर्दछ ।

२. बैंकलाई बिना रोकटोक धितोपत्र दोस्रो बजारमा लगानी गर्न दिने बैंक तथा वित्तीय संस्थाहरुलाई स्वतन्त्र रूपमा सेयर बजारमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्दछ ।

३. २५ करोडको क्यापट हटाउने– लगानीकर्ताका लागि तोकिएको २५ करोडको सीमा हटाई बजारअनुकूल स्वतन्त्र लगानी गर्न पाउनेव्यवस्था मिलाउनुपर्दछ ।

४. कर्मचारीलाई दिने सुविधा ९बोनस० मा लचिलोपन–हालसम्म कर्मचारीलाई बोनस नगदमा मात्र दिने प्रचलन छ । अबदेखि बोनस नगदसँगै शेयरको रुपमा पनि वितरण गर्न पाउने व्यवस्था मिलाउनुपर्दछ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १६:१६