शरद ओझालाई काम गर्न नदिन बीमा प्राधिकरणलाई अर्थमन्त्रालयको पत्र
२ असोज, काठमाडौं । अर्थमन्त्रालयले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई काम नगर्न नगराउन भन्दै पत्र काटेको छ । बिहीबार मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा सर्वोच्च अदालतको अल्पकालिन आदेशमार्फत प्राधिकरणमा अध्यक्षको हैसियतमा काम गर्न पुग्नुभएका ओझालाई काम नगराउन पत्राचार गरेको हो ।
अर्थमन्त्रालयले आफूलाई थाहै नदिई आफूले बर्खास्त गरेको व्यक्ति कसरी र कुन कारणबाट हाजिर गराई काम गराइएको हो सो सम्बन्धमा जवाफ पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।
सर्वोच्चले भदौ २३ गते ओझालाई बर्खास्ती गर्ने निर्णय तत्काल कार्यान्वय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । मंगलबार प्राधिरकण पुग्नुभएको ओझाले सोही दिनबाट काम थाल्नुभएको थियो ।
प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १५:२६












