१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्दै सरकार

२ असोज, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताउनुभएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले जेनजी प्रदर्शनले पुनः जनतामा गएर वैधानिक मार्गबाट निर्वाचित भइ आउने अवसर प्रदान गरेकाले निर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले प्रविधिको प्रयोगमार्फत विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने र जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउन पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । छलफलमा आयोगले हाल गरिरहेको काम र सरकारसँगको अपेक्षा प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १५:१२