२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

नेपाल ल्युब आयलले घोषणा गर्याे लाभांश

२ असोज, काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ लाख ६६ हजार ९८२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्नको लागि असोज ३१ गते वार्षिक साधारण सभा समत आह्वान गरेको छ । उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १०:४५