१० अर्ब ३३ करोड सेयर निष्कासन गर्न बोर्डकाे अनुमति
२ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक महिनामा साढे १० अर्ब रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । बोर्डले साउनमा १० अर्ब ३३ करोड रुपैयाँ सेयर निष्कासनका लागि अनुमति दिएकाे छ । याे अवधिमा बोर्डले ६ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ४७ करोड १५ लाख बराबरको साधारण सेयर (आइपीओ) निष्कासनका लागि अनुमति दिएको छ ।
प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १०:३२












