१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

लाभांशको प्रस्ताव पारित गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङले बोलायो साधारण सभा

२ असोज, काठमाडौं। नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज २४ गते काठमाडौंको नक्सालमा रहेको सेन्ट्रल प्लाजामा १६ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा २५ प्रतिशत बोनस सेयर र १.३१५७८९४७ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित गरिनेछ । यस्तै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात ,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अन्य विवरणहरु माथि छलफल गरी पारित गर्ने र थत आवमा गरिएको स्वतन्त्र सञ्चालकहरुको पुनर्नियुक्ती लगायत सञ्चालक समितिमा भएका परिवर्तहरुलाई अनुमोदन गरिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ०९:४२