६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर खरिदका लागि आजदेखि आवेदन दिन सकिने

२ असोज, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। यसको अर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। बैंकको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यपिटलका साथै ग्लोबल आइएमई नवलपरासीस्थित भूमरी शाखा र नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय तथा यज्ञपुरी शाखा, टाँडी शाखा, चितवन पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : September 18, 2025 at 9:22 am