२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

‘केपी शर्मा ओली पूर्व होइन अपूर्व प्रधानमन्त्री रहेछन्’

२ असोज, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले केपी शर्मा ओली पूर्व होइन अपूर्व प्रधानमन्त्री रहेछन् भनेर नेपाली जनाले बुझ्ने समय आउने बताउनुभएको छ । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा टिप्पणी सार्वजनिक गर्दै बस्नेतले भन्नुभएको छ, ‘समय आएपछि जब सबै रहस्यका पर्दा खुल्नेछन्, नेपाली जनताले बुझ्नेछन् कि केपी शर्मा ओली पूर्व होइन अपूर्व प्रधानमन्त्री रहेछन् जसले चुनौतीको समयमा साहस, निर्णय र नेतृत्वको उदाहरण प्रस्तुत गर्न सक्ने क्षमता राख्दथे।’

dainiki.com

यस्तो छ बस्नेतको टिप्पणी

विदेशी जासुस संस्था र अन्तर्राष्ट्रिय शक्ति समूहको योजना अनुसार पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको प्रधानमन्त्रीको स्वरूपमा उत्थान भएको, र हाम्रो Gen Z युवा नजानिदो रूपमा Black Color Revolution मा प्रयोग भएको छ।

यदि यी प्रयास सफल भए, देशमा विदेशी दबाब र असमान प्रभुत्व बढ्ने खतरा छ। नेपाल साम्राज्यवादीहरूको उपनिवेश बन्ने स्थिति बन्यो भने पछिल्लो पुस्ताले Gen Z पुस्तालाई सधैँ सराप्ने छ र धिक्कार्ने छ। अब भ्रममा नपरी, कानुनी र लोकतान्त्रिक मार्गबाट मात्र हाम्रो स्वतन्त्रता र भविष्यका लागि सचेत र एकजुट भएर विकास र समृद्धिको कदम चाल्न आवश्यक छ।

कांग्रेस, एमाले र माओवादीले भ्रष्टाचार र अक्षमता कारण रोजगारी सुनिश्चित नगरेको भन्दै सुरु भएको आन्दोलनले सरकार ढाल्यो र केपी शर्मा ओलीलाई पूर्व प्रधानमन्त्री बनायो। समय आएपछि जब सबै रहस्यका पर्दा खुल्नेछन्, नेपाली जनताले बुझ्नेछन् कि केपी शर्मा ओली पूर्व होइन अपूर्व प्रधानमन्त्री रहेछन् जसले चुनौतीको समयमा साहस, निर्णय र नेतृत्वको उदाहरण प्रस्तुत गर्न सक्ने क्षमता राख्दथे।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ०७:०९