१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

जेन्जी आन्दोलनमा सहिदप्रति श्रद्धाञ्जली

२ असोज, काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र २३ या २४ गते जेन्जीहरुको आयोजना भएको आन्दोलनमा क्रममा सहादत प्राप्तहरुको भएकाहरुको सम्झनामा दीप प्रज्वलन सहित श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

बुधबार साँझ काठमाण्डौको प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पस अघि सो कार्यक्रम गरिएको हो । कार्यक्रम पछि कोण सभामा अनेरास्ववियुका महासचिव दिपक धामीले संक्षिप्त सम्बोधन समेत गरेका थिए । “जेन्जीको माग प्रति अनेरास्ववियुको ऐक्यबद्घता रहेकबो छ । जेन्जीको आन्दोलनमा राज्यले चरम दमन प्रति खेद ब्यक्त गरेका छन् । जेन्जीको आन्दोलनमा भएको घुसपैठ र आन्दोलन पश्चात भएको चलखेल प्रति निन्दा गर्दै सहादत प्राप्त गर्नेगरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरे ।

यसैबीच आर.आर. स्ववियुले दीप प्रज्वलन कार्यक्रम गर्यो । यसैबीच आर.आर. क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले (स्ववियु) जेन्जि आन्दोलनमा साहदत हुने सम्पुर्ण सहिदको समझनामा दिप प्रज्वलन कार्यक्रम गरेको कार्यक्रमको अध्यक्षता स्ववियु सभापति लोकेश खड्का अनेरास्वबियुका निबर्तमान अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । सो कार्यक्रममा नेबिसंघका केन्द्रीय सदस्य अनुराग शाह विशिष्ट अतिथि थिए । आर.आर. क्याम्पस स्ववियु सभापति लोकेश खड्काले आफु पनि जेन्जी भएको बताउदै उक्त आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाको लागी लडिरहने प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ०६:५२