जेनजी विद्रोहमा नुवाकोटका दुई युवा सहिद
२ असोज, नुवाकोट । जेनजीले गरेको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्धको आन्दोलनका क्रममा नुवाकोटका दुईसहित देशभरिका ७४ जनाले ज्यान गुमाएका छन् । मृतक सूचीमा नुवाकोटका शुभराज बलामी श्रेष्ठ र धीरज श्रेष्ठसमेत छन् ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनको दोस्रो दिन भदौ २४ गते बालाजु चौकी वरपर भएको विरोध प्रदर्शनमा सहभागी ककनी–१ ओखरपौवाका २७ वर्षीय शुभराज सुरक्षाकर्मीको गोली लागी घाइते भई उपचारका क्रममा र तादी–३ खरानीटारका २५ वर्षीय धीरजको घटनास्थलमा निधन भएको थियो । यो समाचार बिहीबारको त्रिशुली प्रवाह साप्ताहिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ०६:३७












