१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

आईपीओ निष्कासन गर्दै राष्ट्रिय खाद्य बैंक

१ असोज, काठमाडौं। राष्ट्रिय खाद्य बैंक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा असोज २५ गते भक्तपुरको राधे राधेमा रहेको हेरिटेज प्यालेसमा आयोजना हुनेछ ।

सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने, गत आवको वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरु पारित गरिनेछ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १७:३४