११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड मिति तय, २० लाखको हात खाली हुने

१ असोज, काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ असोज २ गते बिहीबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने जनाएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

आईपीओमा २२ लाख ५३ हजार २५४ जना  आवेदन दिएका थिए । जसमा १ लाख ७० हजार १५० जनाले मात्रै १० कित्ता सेयर हात पार्नेछन् । भने बाँकी २० लाख ८३ हजारको हात रित्तो हुनेछ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १७:१३