११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन

१ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । सेयरमूल्य समायोजनपश्चात २३८.८२ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो । बैंकको सेयर पछिल्लो पटक २४८.३७ रुपैयाँ थियो । अब बिहीबार शेसेयर बजार खुल्दा उक्त समायोजन भएको मूल्यबाट कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १७:०१