२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

राष्ट्रिय वाणिज्य बैंकबाट लुटियो १८ किलो सुन र ५ करोड नगद

१ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट १८ केजी सुन र ५ करोडभन्दा बढी नगद लुटपाट भएको छ । गत भदौ २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर संसद भवन पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड र लुटपाट भएको थियो ।

प्रदर्शनकारीले ५ करोड रुपैयाँभन्दा बढी नगद र १८ किलोभन्दा बढी सुन लुटपाट गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृत देवेन्द्र रमण खनालले बताउनुभयो । चोरी र लुटपाट भएको सीसीटीभी फुटेजसहित प्रहरीमा उजुरी गरिसकेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १५:१२