२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

बागमती प्रदेशका सभामुखले उपसभामुखलाई बुझाए राजीनामा

१ असोज,काठमाडाैं । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् । सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन ।

‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा भनिएको छ । उनले राष्ट्र रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १२:१९