२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

सन नेपाल लाइफ इन्स्योरेन्सले ल्यायाे बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

१ असोज, काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानी ई सेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ।

कम्पनीले बीमालेख नवीकरण मिति अगावै वा सात दिनभित्र भुक्तानी गर्ने ग्राहकलाइ बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक दिने जनाएको छ । यो अफर असोज १ देखि मंसिर २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार ११:५१