किर्तिमानी उचाईबाट घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
१ असोज, काठमाडौं। स्थानिय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १०:५०












