कालिका लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
१ असोज, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको उक्त सेयरमा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेपछि आम सर्वसाधारणलाई सो सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।
प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १०:१९












