२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५० प्रतिशतसम्म छुट पाइने

१ असोज, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा ५० प्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै २०८२ भदौ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका) बीमालेखहरुमा असोज १ गतेदेखि कात्तिक २५ गतेभित्र नविकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने जनाएको छ । कम्पनीले ५ वर्षदेखि माथिको अवधिका लागि ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका लागि २५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।

२ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।एकपटक ब्याज छुट लिईसकेका बीमितहरुलाई पुनःब्याज छुट प्रदान नगरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार ०९:५८