२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सेयरधनी निराश बनाउँदै श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारणसभा

१ असोज, काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ३१ गते आफ्नो नवौं साधारणसभा बोलाएको हो  । कम्पनीले सेयरधनीका लागि गत आर्थिक बर्षको लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यो बर्षका लागि कम्पनीको हात खाली बनाउँदै निराश बनाएको छ ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने, आगामी आ.व. २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा आवश्यक पारिश्रमिक तोक्ने, कम्पनीले स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र एक जना महिला अनिवार्य रहने गरी चार जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ मंसिर असोज २३ गते कायम सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार ०९:२१