लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले बोलायो साधारण सभा
१ असोज, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले असोज २४ गते लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित)लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै बैंकको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : September 17, 2025 at 9:05 am









