जेनजी प्रदर्शनमा ज्यान गुमाएका ६ जनाको शव सम्बन्धित जिल्लामा पठाइयो
३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ६ जनाको शव विभिन्न जिल्लाहरूमा पठाइएको छ । नेपाली सेनाको विमानमार्फत आज विभिन्न जिल्लामा शवहरू पठाइएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको हवाईद्वारा सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरूमा शव पठाइएको हो । भने केहीको अन्तिम संस्कार आजै पशुपतिको आर्यघाटमा गरिएको थियो ।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १७:३९












