१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

असोज २ गतेबाट सेयर बजार खुल्ने

३१ भदौ, काठमाडौं । असोज २ गतेबाट मात्रै सेयर बजार खुल्ने भएको छ । असोज १ गतेबाट बजार खुल्ने भनिए पनि अन्तरिम सरकारले भोलि शोक बिदा दिएकाले सेयर बजार असोज २ गते बिहीबारदेखि मात्रै खुल्ने भएको हो ।

जेनजीको आन्दोलनपछि नेप्सेले यसअघि असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियो । तर अहिले अवस्था सामान्य भएकोले भोलि देखि नै बजार खुला हुने भनिएको थियो । सोमबारको मन्त्रीपरिषद् बैठकले असोज १ गते शोक बिदा दिने निर्णय गरेसँगै बजार बिहीबारबाट खुल्ने भएको हो । यत भदौ २४ गते यता सेयर बजार बन्द रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १६:५१