२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

आन्दोलनमा आगजनी गरिएको भाटभटेनी निरीक्षणमा पुगे अर्थमन्त्री

३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गरिएको भाटभटेनीमा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अवलोकन गर्नुभएको छ । मंगलबार अर्थमन्त्री खनालले भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखाको अवलोकन गर्नुभएको हो ।

“उहाँको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ,” भाटभटेनीले सामाजिक सञ्जालमार्फत् भनेको छ, “भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन। हामी अझ सबल भएर पुनःनिर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं।”

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १६:३५