८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

 माओवादी केन्द्रमा नेताहरूकाे  जिम्मेवारी हेरफेर, ५ प्रदेशमा फेरिए इन्चार्ज   

१० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारीमा हेरफेर गरेको छ ।

पार्टी हेडक्वार्टरको शनिबार बसेको बैठकले प्रदेश इन्चार्जहरूकाे जिम्मेवारी हेरफेर गरेको हो । प्रदेश १ का इन्चार्ज गोपाल किराँतीलाई पार्टीले कारबाही गरेको र केही प्रदेशका इन्चार्ज मन्त्री बनेकाले जिम्मेवारी हेरफेर गरिएको नेताहरूले बताएका छन् ।

किराँती हटेपछि प्रदेश १ को इञ्चार्जको जिम्मेवारी राम कार्कीले पाएका छन् । यस्तै २ नम्बर प्रदेशकाइन्चार्ज मात्रिका यादव मन्त्री बनेकाले उनको ठाउँमा विश्वनाथ साहलाई ल्याइएको छ ।

प्रदेश ३ मा हितमान शाक्य कायम छन् । यस्तै प्रदेश ४ मा देव गुरुङको ठाउँमा हितराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । गुरुङ संसदीय दलको प्रमुख सचेतक बनेका छन् ।

वर्षमान पुन मन्त्रिपरिषदमा सहभागी भएपछि प्रदेश ५ को इन्चार्ज मणि थापालाई ल्याइएको छ भने कर्णाली प्रदेशमा जनार्दन शर्माले जिम्मेवारी पाएका छन् । यसअघि शक्ति बस्नेत सो प्रदेशको इन्चार्ज थिए । बस्नेत मन्त्री बनेका छन् । प्रदेश ७ को इन्चार्जमा भने लेखराज भट्ट कायम छन् ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १७:०७