१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

चिकित्सा शिक्षा विधेयक पारित हुँदा विक्षिप्त बनेको कांग्रेसले दियो मुलुक ठप्प पार्ने चेतावनी

११ माघ, काठमाडाैँ । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुँदा विक्षिप्त बनेको नेपाली कांग्रेसले मुलुक ठप्प पार्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा विधेयक पारित भएसँगै पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुक नै ठप्प पार्ने चेतावनी दिएका हुन ।

वर्तमान सरकारका विरूद्धमा गोविन्द केसीलाइ प्रयोग गर्दै निर्मला हत्या प्रकरण र सशस्त्र द्धन्द्धबारेको दुइ माग केसीको मागमा राख्न सफल कांग्रेसले विधेयक पारित भएपछि दुःख प्रकट गरेको हो । देशमा स्थिरता र समृद्धिको अाशा पलाएको समयमा फेरि अस्थिरतामा लैजान चाहेको कांग्रेसले अनेक बहानामा सरकारविरूद्ध कार्ड खेल्दै अाएको छ ।

शुक्रबार कांग्रेस प्रवक्ताले पत्रकार सम्मेलनमा भने ‘धैर्यताले छुनुपर्ने उचाइलाई छोएको छ, हाम्रो सालिनतालाई कमजोर नठानियोस्, प्रतिपक्षको एक अपिलले मुलुक ठप्प हुन्छ ।’

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार २०:१४