हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित ओरियन्टल होटल्सले बोलायो साधारण सभा
३१ भदौ, काठमाडौं । ओरियन्टल होटल्सले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले असोज ३१ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा २८ औं साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजी १ अर्ब १८ करोड ४४ लाख ९४ हजार ९६० रुपैयाँको २६.६३ प्रतिशतका दरले हुने ३१ करोड ५५ लाख ०५ हजार ०४० कित्ता बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम कम्पनीको परिसरको रिनोभेसन गर्न उपयोग गरिने कम्पनीले जनाएकाे छ । साधारणसभाका लागि कम्पनीले असोज २ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीहरूले कम्पनीको सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १४:२१














