पार्टी कार्यालयको अवलोकनपछि प्रचण्डले भनेः छिट्टै नयाँ भव्य कार्यालय बनाइने छ
३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले छिट्टै नयाँ भव्य कार्यालय बनाइने बताउनुभएको छ । क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि धेरै क्षति पुगेको भन्दै प्रचण्डले अब छिट्टै नयाँ भवन बनाउने बताउनुभएको हो ।
प्रचण्डले भन्नुभयो, ‘पार्टी कार्यालयमा ठुलो क्षति त पुर्याइयो, पुग्यो, तर म के भन्न चाहान्छु भने अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने छ ।’
साथै, उहाँले पार्टीको माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको भन्दै ती जोगाउन भूमिका खेल्ने कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिनुभएको छ ।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १३:०४








