२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

सन्दुक रुइतलाई भेट्न तिलगंगा पुगिन् प्रधानमन्त्री

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई भेट्न तिलगंगा पुग्नुभएको छ । मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफू नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा। रुइतसँग आग्रह गर्नुभएको थियो । जवाफमा डा। रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर,सरकारमा सहभागी हुन नसक्ने जवाफ दिनुभएको बताइएको छ । छलफलपछि डा रुइतले सञ्चारकर्मीसँग आफूले अस्पतालको काम र विरामीको उपचारलाई छाड्न नसक्ने बताउनुभएको हो  ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १२:४८