गत भदाै २३ गतेको सेयर कारोबार राफसाफ अनिश्चित
३१ भदौ, काठमाडौं । गत भदौ २३ गते सोमबार सम्पन्न भएको धितोपत्र कारोबारको राफसाफ तथा फछर्यौट प्रक्रिया अनिश्चित बनेको छ।सिडिएस एण्ड क्लियरिङ्गले २३ गते सोमबार भएको कारोबारको राफसाफ तथा फछर्यौट सेवा स्थगन गरिएको जानकारी गराएको हो ।
धितोपत्र कारोबार राफसाफ तथा फछर्यौट विनियमावली २०६९ को विनियम २८ बमोजिम सो दिनको कारोबार राफसाफ तथा फछर्यौट प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको सिडिएसीले उल्लेख गरेको छ ।
भदौ २३ र २४ गते आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण दलालको भुक्तानी प्रणालीमा प्राविधिक समस्या सिर्जना भई भुक्तानी पूर्ण रुपमा सम्पन्न गर्न नसेकेको स्टक ब्रोकर एसोसिएसन नेपालले कारोबार राफसाफ स्थगन गर्न सिडिएसीलाई पत्रचार गरेर अनुरोध गरेको थियो ।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १२:३७














