२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

पार्टी कार्यालय अवलोकन गर्न पेरिसडाँडा पुगे प्रचण्ड

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गर्नुभएकाे छ । जेनजी आन्दोलनका क्रममा आगजजी र तोडफोड भएको पार्टी कार्यालय अवलोकन गर्न प्रचण्ड बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएकाे हाे ।

जेन जी आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो । नयाँ अन्तरिम सरकार गठन भएपछि प्रचण्ड सार्वजनिक हुनुभएकाे हाे ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १२:२२