नेप्सेमा ७१ करोड ८५ लाख बराबरको बोनस सेयर सूचीकृत
३१ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७१ करोड बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा नेप्सेमा ७१ करोड ८५ लाख बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, सो अवधिमा नेप्सेमा ७ अर्ब ५० करोड बराबरको साधारण सेयर, २ करोड २५ लाख बराबरको हकप्रद सेयर गरी कुल रु.८ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ११:१२












