सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाको २ लाख १७ हजार नाघ्यो
३१ भदौ, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने छापावाल सुन प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १०:४९












