सानिमा मिडिल तमोर हाइड्रोले बोलायो साधारण सभा
३१ भदौ, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २९ गते काठमाडौं महानगरपालिका–४, चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा दशौं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभाले सञ्चालक समितिबाट प्रस्तुत दशौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्नेछ। साथै, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण लगायतका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिनेछ ।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १०:४३














