१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

खानीखोला हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद पुनः थप

३१ भदौ, काठमाडौं । खानीखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद दोस्रो पटकका लागि थप गरेको छ । कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको छ ।

यो हकप्रदमा भदौ २३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समय भदौ ३१ गतेसम्मका लागि लम्बाइएको थियो । तर हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै अन्तिम पटकलाई असोज ५ गतेसम्म अवधि थप गरेको कम्पनीले जनाएको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै रिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, नरायणगढ,धनगढी, पोखरा९न्यूरोड०,बुटवल ,हेटौडाशाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै कुमारी बैंकको बाग्मति शाखा(ललितपुर) र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ०९:४९