ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
३१ भदौ, काठमाडौं। ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ ।
असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ०९:२०












