१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

सागर डिष्टिलरीको आइपीओमा पहिलो दिनमै पर्यो ४८ करोड बढीको आवेदन

३० भदौ, काठमाडौं। सागर डिष्टिलरी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा पहिलो दिनमै ४८ करोड बढीको आवेदन परेको हो ।

कम्पनीको आइपीओमा आज साँझ ५ बजेसम्ममा ४ लाख १६ हजार ६४६ जनाले ४८ करोड ३८ लाख २२ हजार रुपैयाँ बराबरको ४८ लाख ३८ हजार २२० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४.०६ गुणा बढी हो ।

कम्पनीले आजदेखि आम सर्वसाधारणका ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता आइपीओ जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गते हुनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १७:३०