सेयर बजार बुधबारदेखि खुल्ने
३० भदौ, काठमाडौं । बुधबारदेखि सेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आउने बुधबारदेखि नै सेयर बजार सञ्चालन गर्ने भएको हो ।
यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै उक्त निर्णय खारेज भएको हो । यसबारे बोर्डबाट निर्णय भने आइसकेको छैन। निर्णय आउने बित्तिकै नेप्सेले नै सार्वजनिक गर्नेछ ।
गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेबाट बजार बन्द गरिएको थियो ।
प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १७:२१














