२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेपाल टेलिकमको फोरजी र फाइभजी सेवा हुम्लामा सञ्चालन

३० भदौ, काठमाडौं । नेपाल टेलिकमले हुम्लामा फोरजी र फाइभजी सेवा विस्तार गरेको छ। कम्पनीले कर्णाली प्रदेशअन्तर्गतको हिमाली जिल्ला हुम्लाका विभिन्न दुर्गम गाउँपालिकामा फोरजी र फाइभजी सेवा विस्तार गरेको हो ।

यही भदौ २५ गतेदेखि टेलिकमले सर्केगाड गाउँपालिका–१ मा सेवा सञ्चालनमा ल्याएको छ। सर्केगाड गाउँपालिकाको वडा नं १, २, ४, ५, ६ अन्तर्गत पर्ने जिमाल्सा, माम्सा, तिवरासी, नादोल, लुंगलगायत क्षेत्रका बासिन्दाले अब फोरजी तथा फाइभजी सेवाबाट लाभ लिन सक्नेछन्।

भदौ २७ गतेदेखि हुम्लाकै चंखेली गाउँपालिका–६ मा पनि टेलिकमले  टुजी र फाेरजी सेवा सञ्चालनमा ल्याएकाे छ।  चैखेली गाउँपालिका वडा नं ४, ५ र ६ मा पर्ने बरैहीया गाउँ, सरू गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भु-भागहरूमा सेवाग्राहि गुणस्तरीय फाेरजी सेवाबाट लाभान्वित भएकाे टेलिकमले जनाएकाे छ ।

देशका विकट, सीमान्तकृत तथा प्रविधिबाट पछाडि परेका स्थानहरूमा प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्यअनुसार सेवा विस्तार गरिएको नेपाल टेलिकमले जनाएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १७:०४