१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

यसरी हेर्नुहोस् बन्दीपुर केवलकारको आईपीओ नतिजा

३० भदौ, काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

गत भदौ ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ निष्काशन गरेको थियो । सो सेयरमा कुल २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख २२ हजार १७७ आवेदन स्वीकृत भएको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ४ लाख ३४ हजार १०८ सय आवेदकले १० कित्ताका दरले सेयर हाता पारेका छन् ।

कम्पनीकाे आईपीओकाे नतिजा केही समयपछि प्रकाशन हुनेछ । कम्पनीकाे आईपीओकाे नतिजाबिक्री प्रबन्धकको बेवसाइट: https://nsmbl.com.np/, सिडिएसले आइपीओ नतिजा हेर्न तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/ सिडिएसको, बेवसाइट: https://meroshare.cdsc.com.np/#/login बाट हर्न सकिने छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १६:३९