११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

बन्दीपुर केवलकारको आईपीओ बाँडफाँड, ४ लाख ३४ हजारले पाए सेयर

३० भदौ, काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

गत भदौ ११ गतेदेखि १५ गतेसम्म  सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ निष्काशन गरेको थियो । सो सेयरमा कुल २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख २२ हजार १७७ आवेदन स्वीकृत भएको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ४ लाख ३४ हजार १०८ सय आवेदकले १० कित्ताका दरले सेयर हाता पारेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १६:२९